Tue. Apr 29th, 2025

परिवारले बन्दूक भिरेको फोटो राखेपछि अमेरिकी सांसदको आलोचना

काठमाण्डौं, २०७८ मंसिर २१ गते मंगलबार । अमेरिकामा एक स्कूलमा एउटा घातक गोलीकाण्ड भएको चार दिन नबित्दै एक जना सांसदले आफ्ना परिवारले सैनिक राइफल भिरेको क्रिसमस फोटो राखेपछि उहाँको चर्को आलोचना भएको छ।

केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले उक्त फोटो ट्वीट गर्दै लेख्नुभएको थियो, “क्रिसमसको शुभकामना ! सान्ता कृपया गोलीगठ्ठा ल्याउनुस्।”

गोलीकाण्डका कारण पीडित भएका कैयन् परिवारहरूले उहाँको उक्त फोटोको निन्दा गरेका छन्। रिपब्लिकन एवं डेमोक्र्याटिक दलका नेताहरूले पनि त्यसको भर्त्सर्ना गरेका छन्।

उहाँसँग थप प्रतिक्रियाका निम्ति पनि सम्पर्क गरिएका छन्। विवाद सुरु भएपछि सांसद म्यासीले आफूलाई समर्थन गरिएका तथा आलोचना गरिएका सन्देशहरू रिट्वीट गरिरहनु भएको छ ।

कतिपयले उहाँलाई “असम्वेदनशील” भनेका छन्। केही दिन अगाडि मिशिगन राज्यमा एउटा स्कूलमा एक १५ वर्षीय विद्यार्थीले आफ्ना बुवाको बन्दूक जथाभावी चलाउँदा चार किशोरकिशोरी मारिएका थिए भने सातजना घाइते भएका विवरण आएका छन्।

ती सन्दिग्ध किशोरका बुवाआमामाथि पनि लापरबाही गरेको आरोप लागेका छन्। बीबीसी

Facebook Comments