Sat. Sep 28th, 2024

चीनद्वारा उच्चस्तरीय वैदेशिक खुलापनको विस्तार गर्दै जाने: प्रधानमन्त्री ली ख छ्याङ

काठमाण्डौं, २०७८ मंसिर २१ गते मंगलबार । चीनका प्रधानमन्त्री ली ख छ्याङले ६ तारिख पैचिङबाट मुख्य अन्तर्राष्ट्रिय आर्थिक संस्थाका जिम्मेवार व्यक्तिसँग छैटौँ “१ जोड ६” भिडियो गोलमेच संवार्तामा भाग लिनुभएको छ।

त्यस संवार्ताको क्रममा प्रधानमन्त्री लीले चीनको अर्थतन्त्र गहन रूपमा विश्व अर्थतन्त्रमाझ मिसिएकाले खुलापन हुने द्वार झन् झन् फराकिलो हुँदै जाने औंल्याउनुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चालु वर्ष चीन विश्व व्यापार संगठनमा संलग्न भएको २० औं वार्षिकोत्सव हो। बितेका बीस वर्षयता चीनले गम्भीरता साथ सम्बद्ध नियमको अक्षरश: पालना गर्नुका साथै आफ्नो वचनबद्धतालाई निष्ठापूर्वक व्यवहारमा उतार्दै आएको छ। जसबाट चीन आफु विकसित हुनुका साथै पुरै विश्व पनि लाभान्वित भएको देखिन्छ।

आगामी दिनहरूमा विकासको नयाँ अवसरको साझा उपभोग गराउनका लागि चीनले निरन्तर रूपमा उच्चस्तरीय वैदेशिक खुलापनको विस्तार गर्दै जाने अठोट पनि प्रधानमन्त्री लीले गर्नुभएको छ। सीएमजी

Facebook Comments