Wed. May 27th, 2026

विकासोन्मुख मुलुकले चीनको साझा सम्पन्नता सिक्नसक्ने

       

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । चीनले गरिबीलाई सफलताका साथ उन्मुलन गरिसकेको, ग्रामीण क्षेत्रको पुनरुत्थानलाई अगाडि बढाउँदैछ। यही सन्दर्भमा मैले च च्याङ प्रान्तका केही गाउँहरूको अवलोकन गर्ने मौका पाएँ। ती गाउँहरू लुघ शहर बनेका छन्। किनभने ती गाउँहरूको आधारभूत प्रबन्ध शहरको भन्दा भिन्न छैन। त्यहाँ विजुली, पानी, इन्टर्नेट, यातायात निकै सुविधाजनक छ। च च्याङ नोर्मल विश्वविद्यालयअन्तर्गत अफ्रिकी अध्ययन विभागका नाइजेरियाली विद्वान अडेकुन्ल ओसीडिपेले अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो। अडेकुन्लेको विचारमा चीनले साझा सम्पन्नतालाई अगाडि बढाउनुमार्फत गरिब र धनीबीचको भिन्नता साँगुरो पाल्दैछ, कम आम्दानीका सर्वसाधारणलाई आम्दानी बढाउन मद्दत दिँदैछ। चीनको कदमलाई अरु विकासोन्मुख मुलुकहरूले सिक्न सक्छन्।

च च्याङ नोर्मल विश्वविद्यालय पूर्वी चीनको च च्याङ प्रान्तीय चिन ह्वा शहरमा पर्दछ। अडेकुन्लेले त्यहाँ धेरै वर्षसम्म अध्ययन गर्नुभयो। उहाँले स्थानीय साझा सम्पन्नताको निर्माणबारे गहिरो अनुभव गर्नुभयो। सन् २००५ मा उहाँले चीनको भ्रमण गर्नुभयो। सन् २००८ मा उहाँले अध्ययन गर्न च च्याङ नोर्मल विश्वविद्यालय जाने मौका पाउनुभयो। उहाँकाअनुसार, शुरुमा चीनको बारेमा उहाँको जानकारी तेस्रो सञ्चार-माध्यम र केही चिनियाँ चलचित्रबाट आएको थियो। ती जानकारी उहाँले वास्तविकतामा देख्नुभएको चीन फरक थियो। कल्पनाभन्दा चीन अझै विकसित, आधुनिक र खुला हो।

अडेकुन्लेको मातृभूमि नाइजेरिया अफ्रिकाको ठूलो जनसंख्या मुलुक हो। लामो समययता नाइजेरियाको आधारभूत प्रबन्धको निर्माण कमजोर थियो। हालैका वर्षहरूयता चीन र नाइजेरियाको सहकार्य गहिरो बनेको साथसाथै उहाँले नाइजेरियाको विकास र परिवर्तनको अनुभव गर्नुभयो। उहाँकाअनुसार, नाइजेरियाको आधारभूत प्रबन्धको निर्माणमा चीनको संलग्नता नाइजेरियालाई विकास लक्ष्य साकार तुल्याउन मद्दत दिएको एक ठूलो राम्रो कुरा हो। चीनले नाइजेरियाको आर्थिक र सामाजिक विकासका लागि ठूलो योगदान दिएको छ।

उहाँले एक उदाहरण दिनुभयो, सन् २०२०को अन्त्यमा चीनको थ्येन चिन रेलमार्ग व्यावसायिक प्रविधि कलेजले नाइजेरियाको अबुजा विश्वविद्यालयसँग “लु बान कार्याशाला”को स्थापना गर्न सहकार्य गरेको थियो। यो कार्याशालाले विजुली, यान्त्रिकीकरणआदि क्षेत्रहरूमा प्राविधिज्ञलाई तालिम दिन्छ। चीनको विश्वविद्यालय र अबुजा विश्वविद्यालयले लु बान कार्याशालाको स्थापना गरेको कुरा एक प्रगति हो। भविष्यमा नाइजेरियाको मागबमोजिम दुई मुलुककले अझै धेरै लु बान कार्याशालाको स्थापना गर्ने र अझै धेरै प्राविधिज्ञलाई तालिम दिने छन्।

अफ्रिकाका धेरै मुलुकका विद्वान र विशेषज्ञले चीनको गरिबी मुक्ति, साझा सम्पन्नतासम्बन्धी कदम र अनुभवमाथि ध्यान दिएका छन्। केन्याको “दक्षिण दक्षिण सहयोग”को थिंक ट्याँकका जिम्मेवार एवम् विद्वान स्टिफन नडेग्वाले हाल “चीनको चौतर्फी सम्पन्नता”श्वेत पत्र पढ्नुभएपछि केन्याको “द स्टार” पत्रिकामा लेख प्रकाशित गर्दै उक्त श्वेत पत्रमा गरिबी उन्मुलनको सफल उपाय समावेश भएको कुरा व्यक्त गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, सुन्दर जीवनप्रति चिनियाँ जनताको प्रतीक्षा, अगाडि हिँड्ने बाटोमा सबै कठिनाइ र चुनौतीको सामना गर्ने भावना चीनले गरिबीको सफलताका साथ उन्मुलन गरेको मुख्य कारण भएको कुरा बताउनुभयो।

तान्जानियाको दार ए सलाम विश्वविद्यालयअन्तर्गत चीन समस्या अध्ययन केन्द्रका प्रमुख हुमफरे मोशीले चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै जनताको मूलभूत हितको प्रत्याभूति गरेको, यो चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई आर्थिक विकास, महामारीको बिरुद्ध, गरिबी मुक्तिआदि क्षेत्रहरुमा ठूलो उपलब्धि हासिल गर्न नेतृत्व गरेको मुख्य कारण भएको कुरा बताउनुभयो। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read