Tue. May 26th, 2026

गजल !

- भवानी न्यौपाने भावना

       

                                                                काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार ।

-भवानी न्यौपाने भावना
आँखाभित्र छल्किएर पानी बन्छ माया
बाचुन्जेल यी आँखाको नानी बन्छ माया।।

कहिलेकाही गाह्रो हुन्छ स्मृतिमा बग्दा
वेहोसिमा झस्किदिने बानी बन्छ माया।।

ईश्र्या ,डाह ,घृणा ,द्रोह सबै मुक्त हुन्छन्
दया माया करुणाको खानी बन्छ माया ।।

सबैसँग सामाजिक बनी बाँच्न सक्दा
विश्वासमा भिज्न सके रानी बन्छ माया।।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read