Tue. May 7th, 2024

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । आज बिहान बसेको बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त परीक्षामा देशभरीबाट ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित नतिजामा ७ हजार ६३ जनाले ३।६१ देखि ४ जिपिए ल्याएको शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

Facebook Comments