Thu. Dec 26th, 2024

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याउनु भएको थियो । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित हुनुभएको थियो । भुसाल उपाध्यक्षमा पराजित हुनुभएको थियो ।

रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिनुभएकोे छ । नेपाली बहस अनलाईन

Facebook Comments