Mon. May 20th, 2024

नेपाल बारको आन्दोलन सर्वोच्च अदालतदेखि बालुवाटारसम्म

काठमाण्डौ, २०७८ मंसिर ९ गते बिहीबार । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको छ । आज दिउँसो बारको नेतृत्वमा कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलनरत बारको नेतृत्वमा कानुन व्यवसायीहरुको मार्चपास माइतीघर मण्डला-भद्रकाली-रत्नपार्क हुँदै बालुवाटार पुगेको हो । मार्चपासमा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र वृहत् नागरिक आन्दोलनको पनि सहभागिता रहेको थियो ।

Facebook Comments