Wed. May 8th, 2024

नेपाल-चीन सम्बन्ध-काठमाण्डौमा पाण्डा बुक कर्नर हस्तान्तरण समारोह

काठमाण्डौ, २०७८ मंसिर ८ गते बुुधबार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबीचको सम्बन्ध शरीरमा रहेको कलेजोको जस्तै भएको बताउनु भएको छ । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पाण्डा बुक कर्नर हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । मन्त्री पौडेलले नेपाल र चीनबीच परम्परादेखि कायम रहँदै आएको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको बताउनु भयो ।

नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा दिएको सहयोग र समर्थनको लागि उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । दईदेश बीचको सहयोग र सहकार्यको माध्यमबाट यस भूगोलमा बस्ने मानवजातीको रक्षाको निम्ति दुई देशको सुमधुर सम्बन्धले २१ औं शताब्दिका नेपाल, चीन र विश्वभरीका मानिसहरुका चुनौतीहरु समाधान गर्न सँगसँगै अगाडी बढ्न चाहेको पनि मन्त्री पौडेलले प्रस्ट पार्नुभयो । साथै उहाँले नेपाल र चीनबीच शिक्षा क्षेत्रमा देखा परेका कतिपय समस्याहरुलाई संयुक्त रुपमा हल गरेर अघि बढ्ने पनि बताउनु भयो ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले सो समारोहलाई सम्बोधन गर्नुहुँदै चीन र नेपालबीचको साँस्कृतिक आदान प्रदान र नेपाली विद्यार्थीहरुको शैक्षिक विकासको लागि चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनु भयो । २०७२ सालको महाभूकम्पले ध्वत भएका कतिपय विद्यालयहरुको पुननिर्माणमा चीन सरकारले सहयोग गरेको र अहिले विद्यार्थीहरु उत्साही भएर विद्यालय गएको देख्दा आफुलाई अत्यन्त खुशी लागेको राजदूत हौ यान्छीले बताउनु भयो । साथै राजदूत हौ यान्छीले पाण्डा बुक कर्नर चिनियाँ राजदूतावासबाट स्थापित नेपालका विद्यार्थीहरुको शैक्षिक विकासको लागि स्थापना भएको महत्वपूर्ण क्षेत्र बनेको पनि बताउनु भयो ।

पाण्डा बुक कर्नर हस्तान्तरण समारोहका सभापति तथा नेपाल चाईना फ्रेन्डशिप फोरमका अध्यक्ष कल्याण राज शर्माले पाण्डा बुक कर्नरले नेपाल र चीनबीचको साँस्कृतिक, शैक्षिक तथा जनस्तरको आदान प्रदान र सिकाईलाई अरु सहयोग पुर्याउने बताउनु भयो । साथै अध्यक्ष शर्माले पाण्डा बुक कर्नरको माध्यमबाट चीनले पछिल्लो समयमा हासिल गरेको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रको विकासबारे बुझ्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदर्श बाल उच्च माध्यमिक विद्यालयका शिक्षक राम कृष्ण भण्डारी, एलआरआई स्कुलका कृसव पन्त र सोही स्कुलका प्रन्सिपल देवकान्त जोशीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा एलआरआई स्कुलका विद्यार्थीहरुले नेपाली तथा चिनियाँ गीतमा नृत्य पनि गरेका थिए ।

Facebook Comments