Sun. May 19th, 2024

प्रधानन्यायाधीश जबराद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान, प्रधानन्यायाधीशसँग वार्ता नगर्ने नेपाल बारको निर्णय

काठमाण्डौं, २०७८ कात्तिक २९ गते सोमबार । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ ।

प्रधानन्यायाधिशको राजिनामालाई एकमात्र शर्त बनाई सशक्त आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनलाई आज एक विज्ञप्ति जारी गर्दै जबराले वार्ताको लागि आव्हान गर्नुभएको हो । विज्ञप्तिमा न्यायपालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताउनुभएको छ ।

तर नेपाल बार एशोसिएसनले भने प्रधानन्यायाधीशसँग वार्ता नगर्ने जनाएको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग संवाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिनुहुँदै सो कुरा बताउनुभएको हो । बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न तयार नभएकाले राजीनामा दिएर निकास गर्नुपर्ने बताउनुभयो । ‘हामी वार्तामा बस्दैनौं, ’ उहाँले भन्नुभयो, ‘तत्काल उहाँले राजीनामा दिनुपर्छ ।’

विज्ञप्ति पढ्न तल क्लिक गर्नुहोस् ।

press-_1

Facebook Comments