Thu. May 16th, 2024

एरो थाईलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि अनुमति

काठमाण्डौं, २०७८ कात्तिक २२ गते सोमबार । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एकमहिना भित्रै यान्त्रिक परीक्षण  उडान गर्नेगरी काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल पूर्ण रुपमा संचालन गर्नुअघि विमानस्थलमा विमानको उडान र अवतरणका साथै धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनि जाँच गर्न यान्त्रिक परिक्षण उडान अर्थात क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ ।

यान्त्रिक परिक्षण उडानका लागि आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्त सहित जाहाज पठाउने तय भएको प्राधिकरणले जनाएको छ ।।

Facebook Comments