Fri. Sep 20th, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन

काठमाण्डौं, २०७८ कात्तिक १९ गते शुक्रबार । चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो एवं हुङ छ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोह नोभेम्बर ४ तारिख शाङहाईमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,  राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले भिडियोमार्फत उद्घाटन समारोहलाई “खुलापनको बसन्त ऋतुको हावाबाट विश्वलाई न्यानो पारौं” शीर्षकमा मुख्य सम्बोधन गर्नुभएको छ। उहाँले विभिन्न पक्षलाई विश्वव्यापिकरणको विकासको प्रवृति बुझ्नसक्ने र विश्वका विभिन्न मुलुकहरुले खुलापनको विस्तार गर्न चीनले आह्वान गरेको बताउनुभयो।

चीनको आयात एक्स्पो विश्वमा आयातलाई मुख्य विषय बनाउने पहिलो राष्ट्रिय स्तरको एक्स्पो हो। जुन राष्ट्राध्यक्ष सीले योजना बनाएर अपनाएको एउटा महत्वपूर्ण खुला कदम हो। अहिले सो आयात एक्स्पो चीनको खुलापन अवलोकन गर्ने महत्वपूर्ण झ्याल बनिसकेको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले खुलापन नै वर्तमान चीनको स्पष्ट चिन्ह हो भन्दै चीन विश्व व्यापार संगठनमा संलग्न भएको २० वर्ष सुधारलाई गहन पारिएको र सम्पूर्ण रूपमा खुलापन गरिएको २० वर्ष हो भन्ने कुरा बताउनुभएको छ।

उहाँका अनुसार, बितेका २० वर्षयता चीनले सम्पूर्ण रूपमा विश्व व्यापारमा संलग्न हुने वचन बद्धताको अक्षरश: पालना गर्दै आएको छ।

नयाँ कोरोना महामारी देखा परेयता चीनले सक्रियताका साथ अन्तर्राष्ट्रिय महामारी प्रतिरोधात्मक सहकार्यलाई अघि बढाउँदै आएको कुरा पनि उहाँले औँल्याउनुभएको छ।

उच्चस्तरीय खुलापनको विस्तार गरिने चीनको अठोट परिवर्तित नहुने कुरा बताउँदै राष्ट्राध्यक्ष सीले आर्थिक विश्वव्यापीकरणलाई अझ खुलस्त, सहिष्णु, साझा हितकल्याण, सन्तुलित र साझा जित हुने दिशातर्फ विकसित बनाउने अठोट पनि परिवर्तित नहुने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले  सम्बोधनमा चीनले दृढताका साथ साँचो बुहपक्षीयवादको संरक्षण गर्दै जाने कुरा स्पष्ट पार्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन गर्दै चीनले हरेक वर्ष आयात गर्ने मालसामान र सेवाको मूल्य करिब २५ खर्ब अमेरिकी डलर रहेको कारण चिनियाँ बजारको ठूलो पैमाना रहेको बताउनुभयो। चीनले आयातलाई अझ महत्व दिएर व्यापारको सन्तुलित विकासको प्रवर्द्धन गर्ने विचार पनि उहाँले प्रकट गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिन फिङले चीनले दूर-सञ्चार, चिकित्सा लगायत सेवामुलक उद्योगको खुलापनलाई व्यवस्थित रुपमा बढाउँदै “विदेशी व्यापारीले लगानी गर्ने उद्योगको सूचि”मा संशोधन गरी उन्नत उत्पादन उद्योग,  आधुनिक सेवामुलक उद्योग,  उच्च तथा नयाँ प्रविधि र उर्जाको किफायति तथा वातावरणीय संरक्षण लगायत क्षेत्रमा अरु बढी विदेशी लगानी गराउने जानकारी दिनुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनले दृढताका साथ विश्वको साझा हितको संरक्षण गर्दै जाने कुरामा पनि जोड दिनुभएको छ। सीआरआई

Facebook Comments