Fri. Sep 20th, 2024

नेपाल सम्बतलाई प्रवद्र्धन र प्रयोगमा ल्याउन आवश्यक: उपराष्ट्रपति पुन

काठमाण्डौं, २०७८ कात्तिक १९ गते शुक्रबार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्बतलाई प्रवद्र्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सम्बत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले आजको दिनले नेपाल सम्बतको प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल सम्बतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल सम्बत नेपालको मौलिक राष्ट्रिय सम्बत रहेको उहाँले स्मरण गर्नुभएको छ ।

Facebook Comments