Fri. May 8th, 2026

इरान परमाणु सम्झौता बारेको वार्ता केही सातामा हुँदै

       

काठमाण्डौं, २०७८ कात्तिक १८ गते बिहीबार । इरान र अन्य छ वटा देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ।

इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताउनु भएको छ।

इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताहरू रोकिएका थिए। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो तर वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ।

बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ। उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन्।

बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले लेख्नु भएको छ, “गैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको छ।” बीबीसी

Facebook Comments

सम्बन्धित समाचार