Sat. Sep 21st, 2024

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहीको दाबी, आजै सपथ हुने

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी परेको छ । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिए पछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ साढे ७ बजेसम्म आव्हान गर्नुभएको थियो । मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा( एकिकृत समाजबादी ) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ । यसैबीच मुख्यमन्त्री दाबी पेश गर्नु भएका जीवनबहादुर शाहीको शपथ ग्रहण मंगलबार राति ८.३० बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । गोरखापत्र अनलाईन

Facebook Comments