Sat. Sep 21st, 2024

प्रदेश प्रमुख अधिकारीद्वारा प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार । प्रदेश १ का प्रदेश प्रमुखले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमनाथ अधिकारी प्यासीले आज सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० जनासांसदले हस्ताक्षर संकलन गरेका थिए ।

Facebook Comments