Sat. Sep 21st, 2024

प्रेदश एकमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना सांसदको हस्ताक्षर सहित दाबी पेश

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगतै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि आजै दाबी पेश गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु देश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्नुभएको हो । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहनुभएकोले उहाँले हस्ताक्षर नगर्नुभएको बताइएको छ ।

Facebook Comments