Tue. May 7th, 2024

प्रधानन्यायाधीश जबरामाथिको संकट चुलियो, पदबाट राजीनामा दिनुपर्ने बार एसोसिएशनको निष्कर्ष

काठमाण्डौं, २०७८ कात्तिक ८ गते सोमबार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको संकट चुलिएको छ । नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश  जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेसँगै उहाँमाथिको संकट चुलिएको हो ।

आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष  निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको आजको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्याय प्रशासन सम्हाल्न नसकेको निष्कर्ष निकाल्दै निकास दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गर्नुभयो ।

Facebook Comments