Sun. May 19th, 2024

पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६१ जना घाईते

काठमाण्डौं, २०७८ कात्तिक ८ गते सोमबार । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीकाे ज्यान गएकाे छ ।

आज बिहान ११ बजे फिदिम बजारबाट निबु खोलामा यात्रु लिन गएको को १ ख ३८६५ नम्बरको बस सोहि स्थानबाट फिर्ने क्रममा निबु खाेला नजिकै सडकबाट पचास मिटर तल खसेको हो । बसमा सवार चालक सहित ६५ जना मध्ये घटना स्थालमा २ को मृत्यु भएको थियो भने अन्य २ जना उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments