Fri. May 17th, 2024

कोरोनाले विश्वभर एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लिएकाे डब्लुएचओ अनुमान

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्य कामदार कोरोना संक्रमणबाट मारिएका छन् ।

कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरुको सुरक्षामा गम्भिर हुन संगठनले अपिल समेत गरेको छ । झनै पनि विश्वका कतिपय देशहरुमा स्वास्थ्य कामदार कोरोना खोपको प्राथमिकतामा नपरेको स्मरण गराउँदै संगठनले तत्काल उनीहरुलाई खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

विश्वमा करिब १३ करोड ५० लाख स्वास्थ्यकर्मी र हेल्थकेयर स्टाफहरु रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । १ सय १९ देशमा गरिएको अध्ययन अनुसार हाल विश्वका हरेक ५ मध्ये ३ जना स्वास्थ्यकर्मी र कामदार कोरोना खोपबाट वञ्चित छन् । एजेन्सी ।

Facebook Comments