Mon. Dec 23rd, 2024

बंगलादेशको रोहिंग्या क्याम्पमा फायरिङ, ७ जनाको मृत्यु

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।

शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ । एजेन्सी

Facebook Comments