Fri. May 8th, 2026

अन्तरिक्षमा पहिलो पटक चलचित्र छायाङ्कन गरेर रुसी टोली पृथ्वी फिर्ता

       

काठमाण्डौं, २०७८ कात्तिक १ गते सोमबार । पहिलो पटक अन्तरिक्षमा व्यावसायिक चलचित्रको छायाङ्कन गरेर एउटा रुसी टोली पृथ्वी फर्किएको छ। च्यालेन्ज नामक चलचित्रको छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस जानु भएको थियो ।

उहाँहरू आईएसएसबाट फर्किएर काजकस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ। उहाँहरूको आईएसएस बसाइ पनि निकै नाटकीय रह्यो। प्राविधिक समस्या उत्पन्न भएकाले शुक्रवार आईएसएस अनपेक्षित रूपमा केही ढल्किन पुगेको थियो।

आधा घण्टाजति देखिएको उक्त समस्याबाट छायाङ्कन प्रभावित भएको बताइएको छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार