Mon. Dec 23rd, 2024

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

काठमाण्डौं, २०७८ कात्तिक १ गते सोमबार । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ। पावेलको ८४ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले घोषणा गरेको छ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि हुनुहुन्थ्यो । सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उहाँ अमेरिकी विदेशमन्त्री बन्नु भएको थियो । उहाँ अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

उहाँले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ। उहाँ अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहनु भएको थियो। बीबीसी संवाददाता एलेट्रा निस्मिथ भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षा सल्लाहकार, संयुक्त सैन्य प्रमुख र त्यसपछि विदेशमन्त्री बनेका कोलिन पावेल सबै तीनवटा पदमा पुग्ने पहिले अश्वेत अमेरिकन थिए।” उहाँको लोकप्रिन्यताका कारण उहाँ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिको दाबेदार बन्ने ठानिएको थियो।तर एउटा गलत गुप्तचरी सूचनाका आधारमा जबरजस्ती इराक युद्धको निर्णय गरेकाले उहाँको व्यक्तित्त्वमा धब्बा लागेको थियो। बीबीसी

Facebook Comments