Sat. May 11th, 2024

नवौं विश्व चिनियाँ शास्त्र मञ्च शाङहाईमा आयोजना हुने

काठमाण्डौं, २०७८ असोज ३१ गते आईतबार ।  “चिनियाँ कम्युनिष्ट पार्टी-चीन-विश्व” भन्ने मुख्य शीर्षक रहेको नवौं विश्व चिनियाँ शास्त्र मञ्च अक्टोबर १८ देखि १९ तारिखसम्म् शाङहाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिनेछ।

प्राप्त जानकारी अनुसार, त्यस मञ्चमा १५६ जना देशी र विदेशी गण्यमान्य विद्वान आमन्त्रित भई सहभागी हुनेछन्। ती विद्वानहरूमध्ये अफलाइनका अतिथिको संख्या ७१ जना रहेको छ भने अनलाइनका अतिथिको संख्या ८५ जना रहेको छ। उनीहरूले राजनीति, अर्थतन्त्र, संस्कृति, समाज र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयबारे चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी इतिहास र त्यसले चीन तथा विश्व भावी विकासका लागि ल्याइने प्रभाव र अर्थबारे विचार विमर्श गर्ने कार्यक्रम रहेको छ।

उक्त मञ्चमा पूर्ण बैठक र ५ वटा शाखा मञ्च पनि समावेश छन्। ती ५ वटा शाखा मञ्चका मुख्य विषय यस प्रकार छन्: चीनको आधुनिकीकरण बाटो, चीनको वास्तविकता र विश्वव्यापी सञ्चालन, चीनको १४ औं पञ्चवर्षिय योजना र विश्व अर्थतन्त्रको पुनरूत्थान, रङगीचङगी सभ्यता र समान भाग्य तथा साझा भविष्य र युवा कार्यभार भन्ने रहेका छन्।

प्राप्त जानकारी अनुसार, विश्व चिनियाँ शास्त्र मञ्च चीनको राज्य परिषद्को प्रेस कार्यालय र शाङहाई जन सरकारले संयुक्त रूपमा आयोजना गर्दछन्। साथै शाङहाई सामाजिक विज्ञान प्रतिष्ठान र शाङहाई जन सरकारको प्रेस कार्यालयले पनि सहयोग गर्नेछन्।

Facebook Comments