Mon. Dec 23rd, 2024

काबुल ड्रोन हमलाका पीडितलाई अमेरिकाको आर्थिक क्षतिपूर्ति प्रस्ताव

काठमाण्डौं, २०७८ असोज ३१ गते आईतबार । अमेरिकी सरकारले अफगानिस्तानको राजधानी काबुलमा अगस्ट महिनामा भएको ड्रोन हमलामा गल्तीले मारिएका १० जनाका आफन्तलाई आर्थिक क्षतिपूर्तिको प्रस्ताव गरेका छ।

एक जना सहायता एजेन्सी सम्बद्ध कर्मचारी र सात केटाकेटीसहित नौ जना उक्त हमलामा मारिएका थिए। पेन्टागनले परिवारका बाँचेका सदस्यलाई अमेरिकामा पुनर्वास गराउनेबारे काम भइरहेको पनि जनाएको छ।

अमेरिकी फौज अफगानिस्तानबाट हट्नु केही दिन अघि आईएस-के (आईएसको अफगान इकाई) सम्बद्ध समूहले आक्रमण गरेपछि उक्त हमला भएको थियो।

गत महिना अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ मकेन्जीले अमेरिकी गुप्तचर निकायले ती सहायताकर्मीको कारलाई आईएस-के को भएको आशङ्कामा २९ अगस्टका दिन आठ घण्टासम्म पछ्याएको बताउनु भएको थियो ।

शुरूको अनुसन्धानले उक्त कार आईएस के सम्बद्ध एउटा कम्पाउन्डमा देखिएको थियो। र उक्त कारको गतिविधि आतङ्कवादी समूहको काबुल विमानस्थलमा आक्रमण गर्ने योजनासँग मिल्दोजुल्दो थियो भनेको थियो।

गतिविधि पछ्याइरहेको एउटा ड्रोनले उक्त कारमा मानिसहरूले विस्फोटक पदार्थ लोड गरिरहेको जस्तो देखेको थियो तर पछि अनुसन्धानले त्यो पानीका जारहरू भएको देखायो।

जनरल मकेन्जीले उक्त आक्रमणलाई “दुखान्तकारी गल्ती” भनेका भन्नु भएको थियो । बीबीसी

Facebook Comments