Thu. May 16th, 2024

शनचौ १३ नम्बर मानव वाहक उड्डयनको सफल प्रक्षेपण

काठमाण्डौं, २०७८ असोज ३० गते शनिबार । चीनको मानव वाहक अन्तरिक्ष परियोजना कार्यालयबाट प्राप्त जानकारी अनुसार, पैचिङ समय अनुसार सन् २०२१ अक्टोबर १६ तारिख मध्यरात बाह्र बजेर २३ मिनेट जाँदा शनचौ १३ नम्बर मानव वाहक उड्डयान बोकेको लाङ मार्च २ नम्बर एफ याउ १३ क्यारियर रकेटलाई च्यौ छ्युआन उपग्रह प्रक्षेपण केन्द्रमा निर्धारित समय अनुसार प्रक्षेपण गरिएको छ।

झण्डै ५८२ सेकेण्डपछि शनचौ १३ नम्बर मानव वाहक उड्डयनले रकेटबाट सफलताका साथ अलग भएर निर्धारित लीगमा प्रवेश गरी चाइ च काङ, वाङ याफिङ र ये क्वाङ फु नामका ३ जना अन्तरिक्षयात्रुलाई अन्तरिक्षमा पुर्याएको छ। हालसम्म् उड्डयानको अवस्था निकै राम्रो भएकाले प्रक्षेपण निकै सफल भएको देखिन्छ।

त्यो चीनको मानव वाहक अन्तरिक्ष परियोजना लागू गरिएयता २१ औं उडान कार्यभार हुनुका साथै अन्तरिक्ष केन्द्र चरणको दोस्रो मानव वाहक उडान कार्यभार पनि हो।

Facebook Comments