Sun. Apr 28th, 2024

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा नेपाल छाड्ने घोषणा

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउने नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने घोषणा गर्नुभएको छ । अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो-मैले एक महिनाअघि नै राजीनामा दिइसकेको छु । अब नेपाललाई फाइनलमा पुर्याएपछि मैले टिम छोड्नेछु । त्यसपछि म नेपाल फर्किने छैन । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ ।

Facebook Comments