Sun. Apr 28th, 2024

नेपाललाई साफ च्याम्पियनसिपमा ऐतिहासिक सफलता, पहिलो पटक फाइनलमा प्रवेश 

काठमाण्डौं, २०७८ असोज २७ गते बुधबार । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक-एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

आज बुधवार मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे ।

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्नुभएको हो ।

Facebook Comments