Fri. Sep 20th, 2024

चीनमा पहिलो ब्याचको राष्ट्रिय निकुञ्जको सूचि सार्वजनिक

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । चीनले सान च्याङ युआन सहित ठूलो पान्डा क्षेत्र, उत्तर पूर्वी बाघ चितुवा क्षेत्र, हाई नानको गर्मी, वर्षा वन र ऊ यी पहाडसमेतका क्षेत्रलाई औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सूचिमा राखेको जनाइएको छ।

सो राष्ट्रिय निकुञ्जको सुरक्षित क्षेत्रको क्षेत्रफल २ लाख ३० हजार वर्ग किलोमिटर पुग्नुका साथै ३० प्रतिशत भन्दा बढी राष्ट्रस्तरीय उच्च ध्यान दिइएका पशु, बिरूवाहरू समावेश भएका छन्।

Facebook Comments