Fri. Sep 20th, 2024

वैदेशिक रोजगार: इजरायल जानेको अन्तिम नतिजा सार्वजनिक

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । नेपालीहरुको आकर्षक रोजगारको केन्द्र इजरायलमा केयरगिभर सुसारे मा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत हिँजो १ हजार १ सय ७५ जना छनोट भएका हुन् ।

नेपालबाट विभिन्न चरण पार गरी १ हजार ६ सय नेपालीलाई सूचीकृत गरिएकोमा त्यो सङ्ख्याका श्रमिक गोलाप्रथाबाट छानिएका हुन् । विभागका अनुसार छनोटमा परेकामध्ये सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ८ सय २१ महिला ९७० प्रतिशत० रहेका छन् भने र ३ सय ५४ पुुरुष ९३० प्रतिशत० छनोट परेका छन् ।

सूचीकृतहरूको छनोट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको थियो । अभौतिक रूपमा गरिएको उक्त छनोट कार्यक्रममा वैदेशिक रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो ।

छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुतिर्ण भएमा इजरायल जान पाइँदैन । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे ९केयरगिभर०का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो ।

इजरायल रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान लाग्ने लागत अनुमानित एक लाख ६५ हजार सात सय रुपियाँ लाग्नेछ भने इजरायल गएकाले मासिक तलब झन्डै दुई लाख हुनेछ ।

विभागका महानिर्देशक दीपक काफ्लेले नेपाली श्रमिक इजरालयमा पठाउने प्रतिक्रियालाई सुकेसम्म स्वस्थ प्रतिस्पर्धी बनाउन विभागले भरपुर काम गरेको र अब पनि गर्ने बताउनु भयो । गोरखापत्र अनलाईन

Facebook Comments