Mon. May 6th, 2024

रुबी खानलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

काठमाण्डौं, २०७८ असोज २४ गते आईतबार । रुबी खानलाई छोड्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । आज आइतबार अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको हो ।माइतीघरमा रिले अनशनमा बस्नुभएकी खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकी खानलाई प्रहरीले नेपालगज्न पुर्‍याएको छ ।

बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्युको अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै २० दिन हिँडेर खानसहित १४ जना महिलाको टोली काठमाडौं आएको थियो ।

Facebook Comments