Mon. May 6th, 2024

नेपालीसहित १२६ जना आप्रवासी ग्वाटेमालामा कन्टेनरबाट उद्धार

काठमाण्डौं, २०७८ असोज २४ गते आईतबार ।  सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।

कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ जना मध्य १०० जनाभन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ।

तर नेपालको परराष्ट्र मन्त्रालयले भने हालसम्म उक्त विषय बारे आफूहरूले आधिकारिक रूपमा थाहा पाइनसकेको जनाएको छ।

मन्त्रालयकी सहायक प्रवक्ता रिता धितालले उक्त विषयबारे आफूले युरोप र अमेरिका हेर्ने महाशाखाबाट जानकारी लिन खोजिरहेको जानकारी दिनुभयो ।

‘मैलै वाशिङ्टन डीसीसँग (राजदूतावास) पनि बुझ्ने प्रयास गरिरहेकी छु। अहिले त्यहाँ राति छ। मैले त्यहाँ पनि सन्देश पठाएकी छु,” धितालले भन्नुभयो ।

”महाशाखाबाट सोध्दा आधिकारिक इमेलमा कुनै संवाद भएको देखिएन। वहाँलाई (महाशाखा प्रमुख) व्यक्तिगत रूपमा केही कम्युनिकेसन आएको छ की भनेर बुझ्ने प्रयास गरिरहेकी छु।” बीबीसी

Facebook Comments