Mon. Dec 23rd, 2024

पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा ज्यान गुमाउनेहरुको संख्या २० पुग्यो, कैंयौं घाईते

- अप्डेट

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। साथै कैयौं घाईते भएका छन् । भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएको अनुमानका गरिएकोले व्यवस्थापनसम्बन्धी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

ज्यान गुमाउनेहरुमा महिला तथा बालबालिकाहरू पनि रहेका रोएटर्स समाचार एजेन्सीले जनाएको छ। अमेरिकाको यूएस जिओलोजिकल सर्भेकाअनुसार भूकम्प ५.९ म्याग्निट्यूडको थियो र यसको गहिराइ ९ किमि मात्र थियो। यतिको कम गहिराइमा जाने भूकम्पले सामान्यतया बढी क्षति पुर्याउने गर्छन्।

उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले जनाए अनुसार कम्तिमा १ सय ५० जना घाइते भएका थाहा भएको छ।

ति मध्ये केहीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ। बीबीसी

Facebook Comments