Thu. May 2nd, 2024

अन्तरिक्षमा रुसी चलचित्रको साहसिक छायाङ्कन

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेको छ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड हुनुहुन्छ । उहाँहरू चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन्। मङ्गलवार रुसी टोली अन्तरिक्षतिर लाग्दा कैयौँ टेलिभिजन क्यामेराहरू पेरेसिल्ड र टाढा बसेर हेरिरहेकी उहाँकी १२ वर्षीय छोरी आनातिर सोझिएका थिए।

रुसको वेबसाइटले ‘वास्तविक नायकहरू अन्तरिक्षमा पुगेको’ लेखेको छ।

शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाउनु परेको थियो। अन्तरिक्षयात्री एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो।

उडेपछि कमाण्डरले “यात्रुहरू ठिकठाक रहेको” बताएका थिए। उडेको तीन घण्टापछि सोयुज आईएसएसमा अवतरण गरेको थियो।

अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो। त्यसबेला स्वचालित ‘डकिङ’ अर्थात् अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो। बीबीसी

Facebook Comments