Fri. May 3rd, 2024

कारगिलमा मोबाइल इन्टरनेट सेवा सुचारु

काठमाडौं, २०७६ पुष ११ गते शुक्रबार ।

भारतको कारगिलमा मोबाइल इन्टरनेट सेवा सुचारु गरिएको छ । १४५ दिनसम्म अवरुद्ध रहेको मोबाइल इन्टरनेट सेवा शुक्रबार सुचारु गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

जम्मु काश्मिरलाई विशेष दर्जा दिइएको संविधानको धारा ३७० संघीय सरकारले हटाएपछि अस्थिरता उत्पन्न हुने भन्दै मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरेको थियो । अवस्था पूर्णरुपमा नियन्त्रित र सामान्य भइसकेपछि सेवा सुचारु गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणले उल्लेख गरेको छ ।

अधिकारीहरुका अनुसार स्थानीय धार्मिक नेताहरुले सर्वसधारणलाई सेवाको दुरुपयोग नगर्न अपील गर्नुभएको छ । कारगिलमा ब्रोडबैण्ड सेवा यसअघि नै सुचारु भइसकेको छ । जम्मु, काश्मिर र लद्याखलाई संघीय सरकार मातहात ल्याउने संशोधनपछि संघीय सरकारले उक्त क्षेत्रमा अस्थिरता उत्पन्न हुन सक्ने भन्दै मोबाइल इन्टरनेट लगायतको सेवा अवरुद्ध गरेको थियो । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments