Sat. May 18th, 2024

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते

- ललिता निवास प्रकरण

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध परेको ललिता निवास प्रकरण मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले आज उक्त मुद्दाको निर्णय सुनुवाइका लागि कात्तिक १५ गतेको मिति तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

ललिता निवास प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको थियो । २०७६ साल माघ २९ गते दर्ता भएको सो रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो ।

Facebook Comments