Fri. Dec 27th, 2024

चीनको राष्ट्रिय मानवअधिकार कार्य योजना(२०१६-२०२०)का समस्त १६८ वटा लक्ष्य र कार्य पूरा

काठमाडौं, २०७८ असोज १३ गते बुधबार । चीनको राष्ट्रिय मानवअधिकार कार्य योजना(२०१६-२०२०) पालना स्थितिको मूल्याङ्कन प्रतिवेदन २९ तारिख सार्वजनिक भएको छ। प्रतिवेदनका अनुसार, राष्ट्रिय मानवअधिकार कार्य योजना(२०१६-२०२०)का सम्पूर्ण १६८ वटा लक्ष्य र कार्य पूरा भएको छ तीमध्ये धेरै लक्ष्य र कार्य निश्चित समयअघि वा निश्चित मात्राभन्दा बढी पूरा भएको छ।

प्रतिवेदनका अनुसार, समस्टिगत दृश्यबाट हेर्दा सन् २०१६देखि सन् २०२०सम्म चीन सरकार जन केन्द्रित विकास विचारमा अडिग रही मानवअधिकारलाई समान र संरक्षण गर्ने संवैधानिक सिद्धान्तको पालना गरेर विभिन्न कार्य पूरा गर्न सक्रिय रूपमा पालना गरेको छ। प्रतिवेदनले सबभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको चीनको मानवअधिकार कार्यको विकास असन्तुलित र अपर्याप्त भएको समस्या अझै अस्तित्व छ भने राष्ट्रिय मानव अधिकार कार्यको समस्त विकासको चाहना र जनताको अपेक्षाको तुलनामा केही अधिकारको संरक्षण कार्यलाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्छ र केही अधिकारको संरक्षण कार्यलाई अरू प्रबर्द्धन गर्नुपर्ने जानकारी दिएको छ। सीआरआई

Facebook Comments