Sat. Sep 21st, 2024

अमेरिकी शीर्ष जनरलहरुले अफगानिस्तानमा २,५०० सेना राख्न राष्ट्रपति बाइडनलाई सुझाव दिइएको खुलासा

काठमाडौं, २०७८ असोज १३ गते बुधबार । गत अगस्ट महिनामा अमेरिकाका सबै सेना अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २,५०० जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलहरूले बताउनु भएको छ । जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिनुभएको बयान राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ।

उहाँले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जानकारी दिनुभएको छ । तालिबानले तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताउनु भयो।

अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गर्नुभएका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २,५०० सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताउनु भयो।

अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताउनु भएको थियो । जनरल मिलीले त्यस्तो सुझावमा आफू सहमत भएको बताउनु भयो। तर उहाँलाई एकजना रिपब्लिकन सिनेटरले बाइडनको प्रतिक्रिया के “गलत बयानु” हो भनेर प्रश्न गर्दा भने उहाँले त्यसको सोझो उत्तर दिन मान्नु भएन ।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले पछि उक्त विषयलाई सम्बोधन गर्नुभएको थियो । साकीले भन्नुभयो, “राष्ट्रपतिले सेना लगायतको सल्लाहलाई महत्त्व दिन्छन्। तर त्यसको अर्थ यो होइन की उनी सधैँ त्योसँग सहमत हुन्छन्।” बीबीसी

Facebook Comments