Sat. May 4th, 2024

चूडामणि शर्मा साधारण तारिखमा थुनामुक्त

काठमाण्डौं, २०७८ असोज ११ गते सोमबार । राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर साधारण तारिखमा थुनामुक्त भएका छन् ।

भ्रष्टाचारको आरोपमा थुनामा रहेका शर्मा साधारण तारिखमा थुनामुक्त भएका हुन् । शर्मालाई ५० लाख धरौटी बुझाएर साधारण तारिखमा आजै थुनामुक्त गरिएको हो । विशेष अदालतले शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले शर्माविरुद्ध मुद्दा दायर गरेको थियो । असार ९ मा आयोगले शर्मा सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा  दायर गरेको थियो ।

Facebook Comments