Fri. May 17th, 2024

पोखराको मनयात्रा

- रामबाबु दाहाल

 

काठमाण्डौं, २०७८ असोज १० गते आईतबार ।

✍️ रामबाबु दाहाल

म माछापुछ्रे हिमाल भएर
तिमीलाई फेवामा नियालिरहन्छु
मेरो हिमवत समाधीमा
चुपचाप मौनता भए पनि
मेरो ऑखाको नानिमा
सल्बलाई रहेकी तिमी
टलपल लहराई रहन्छ्यौ
रात अनिदो रह्यो ,
सम्झनाका
जुनतारासंग तिमी मुस्कुराई रह्यौ
म निर्विकार टोल्हाइ रहें
धराको
काखमा तिमी स्निग्ध मनले
मेरो मन मुटु स्पन्दित गरिरह्यौ
मेरी सखा
तिमी रेखा
जल आयातनमा ताल बनी
प्रकृतिमा रमाई रहुँ
सिर्सिर बतास हम्कदै
म तिमीलाई स्नेहवत्
सुमसुम्याई रहुंला !

Facebook Comments