Fri. May 17th, 2024

नारायणहिटी दरबारबाट श्रीपेच निकाल्न खोज्ने रुकुम पश्चिमका खेमबहादुर घर्ती पक्राउ

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । शाह वंशका राजाहरुले पुस्तौपुस्ता प्रयोग गरेको नेपाली जनताको धरोहर श्रीपेज निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका हुन् ।

आज शुक्रबार दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर घर्ती मगरले श्रीपेच निकाल्न खोज्दा सेनाले नियन्त्रणमा लिएको   हो । संग्रहालयका सूचना अधिकारी बुद्धी गुरुङकाअनुसार मगरले श्रीपेच निकाल्न खुकुरी प्रहार गरेका थिए । उहाँले भन्नुभयो, “टिकट काटेर आएका दर्शकमध्ये एक जनाले श्रीपेच निकाल्न खोज्दा सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।” खुकुरी निकालेर मगरले श्रीपेच निकाल्न प्रहार गर्ने बेला सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको बताएको छ ।

मगरलाई अहिले प्रहरी बृत्त दरबार मार्गमा बुझाएको सूचना अधिकारी गुरुङले बताउनुभयो । पक्राउ पर्नेमा अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट ११ स्थायी घर भइ हाल काठमाडौँ बस्ने २६ वर्षिय घर्ती हुन् ।

Facebook Comments