Sat. Sep 21st, 2024

चीन-शाङहाई सहयोग संगठनका सञ्चार माध्यमबीच समाचार विनिमय मञ्च सञ्चालनमा

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । शाङहाई सहयोग संगठन स्थापना भएको बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा १६ तारिख चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनबाट प्रस्ताव गरिएको  चीन-शाङहाई सहयोग संगठनका सञ्चारमाध्यमबीच समाचार विनिमय मञ्च सञ्चालनमा आएको छ।

चाइना मिडिया ग्रुपका महानिर्देशक एवम् प्रधान सम्पादक शन हाइस्यौङ, शाङहाई सहयोग संगठनका महासचिव फ्लाकिमिर रोलोभ र शाङहाई सहयोग संगठनका सदस्य मुलुकका मुख्य मिडियाका जिम्मेवारहरूले अनलाइन उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

चीन-शाङहाई सहयोग संगठनका सञ्चारमाध्यमबीच समाचार विनिमय मञ्चको स्थापना चीन-शाङहाई सहयोग संगठनका सदस्य देशका मिडियाबीच सहकार्यलाई अझ घनिष्ट पार्ने जनाइएको छ। सीआरआई

Facebook Comments