Thu. May 2nd, 2024

चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न, तीन जना यात्री पृथ्वी फर्किए (भिडियो समेत)

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन जना अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शनचौ -१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। पैचिङ समय अनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख दिउँसो १ बजेर ३४ मिनेट जाँदा शनचौ १२ नम्बर मानववाहक अन्तरिक्ष यानको कोर मोड्यूलले चीनको तुङ फङ अवतरण स्थलमा सफलताका साथ अवतरण गरेको हो । साथसाथै अन्तरिक्ष उडानका अन्तरिक्षयात्री नेहाइ शङ, लिउ पोमिङ र याङ होङ पो सुरक्षित र सुचारू रूपमा कोर मोड्यूलबाट बाहिरीनु भएको छ ।  उहाँहरु (अन्तरिक्षयात्रीहरू) को शारिरीक अवस्था  निकै राम्रो देखिन्छ। त्यसैगरी अन्तरिक्ष केन्द्रको पहिलो मानववाहक अन्तरिक्ष उडानको कार्यभार पनि सफलताका साथ सम्पन्न भएको छ।

 

शनचौ १२ मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफलताका साथ सम्पन्न भएबाट अन्तरिक्ष केन्द्रको निर्माण र सञ्चालनका लागि अझ बलियो जग बसालेको छ। अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म “अन्तरिक्षमा हिँड्ने” काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ। सीआरआई/ बीबीसी

Facebook Comments