Wed. May 22nd, 2024

क्यानाडाको एडमन्टनमा अल्बर्टा सांस्कृतिक दिवस मनाईदै

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । क्यानाडाको एडमन्टनमा सिर्डि साईबाबा मन्दिरले यही आउदो सेप्टेम्बर १८ र सेप्टेम्बर १९ तारिकका दिन अल्बर्टा सांस्कृतिक दिवस मनाउदैछ। अल्बर्टा सांस्कृतिक दिवस को अवसरमा सिर्डी साईबाबा मन्दिरले बिबिध सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी, बहुसांस्कृितिक नृत्य, गित संगित, भोजन प्रदर्शन आदिको आयोजना गर्दैछ।

 

कार्यक्रम दुबै दिन दिउसो ३ बजेदेखि बेलुका ७ बजेसम्म हुने भएको छ। कार्यक्रममा बहुराष्ट्रीय गीत संगित, कला प्रदर्शन हुनेछ जसमा नेपाल, ईन्डिया, स्रिलंका र फिजिका कलाकार हरुले प्रस्तुति दिनेछन। कार्यक्रम सिर्डी साईबाबा मन्दिर परिसरको खुल्ला चौरीमा स्टेजमा हुनेछ। कार्यक्रममा बिभिन्न राष्ट्रले आ आफ्नो स्टल राख्नेछन।

नेपालका तर्फबाट गायक तथा कलाकार निश्चल नेपाल ले आफ्नो गायन कला प्रस्तुत गर्नेछन। त्यसैगरि कलाकारहरु रसिका कोइराला, बिना ज्ञवालीको सहभागिता रहनेछ भने बाल कलाकार किन्जल नेपाल र सलोनी जोशीले उत्साहजनक प्रस्तुती दिनेछन। नेपालका तर्फबाट आयोजक कमिटिका प्रतिनिध रन्जन कोईराला ले अल्बर्टा सांस्कृतिक दिवस भव्यताका साथ सम्पन्न हुने बताएका छन। बिदेशी भुमीमा नेपाली कला र संस्कृतिको बिकास तथा प्रबर्धनको उद्देश्यको कारण नेपाल ले यो बहुराष्ट्रीय सांस्कृतिक भेलामा सहभागिता जनाएको बताउछन प्रतिनिधि रन्जन कोईराला। नेपाली भाषा र संस्कृतिको बिकास, संरक्षण तथा पहिचानको लागि नेपालको सहभागिता प्रशंसनीय रहेको बताउछन गायक तथा कलाकार निश्चल नेपाल। प्रान्तीय कलाको प्रदर्शन, पहिचान तथा प्रबर्धन अल्बर्टा सांस्कृतिक दिवस को मुख्य उद्देश्य रहेको छ।

हरेक वर्ष अल्बर्टा सरकारले अल्बर्टा सांस्कृतिक दिवस मनाउदै आएको छ जसमा नेपाल ले पहिलो पटक गत वर्ष सहभागिता जनाएको थियो। अल्बर्टा सरकारले अल्बर्टा सांस्कृतिक दिवस यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म मनाईरहेको छ।

क्यानेडियनबासीहरुलाई स्थानिय कार्यक्रमहरु द्वारा बिबिध कला र संस्कृतिको अनुभव गराउन बलियो आधार साबित हुन पुगेको छ अल्बर्टा सांस्कृतिक दिवस। साथै क्यानेडियनबासीहरुलाई बहुराष्ट्रीय कला र संस्कृतिको माध्यमबाट एकजुट गरेको छ। सिर्डी साईबाबा मन्दिर परिसरको खुल्ला चौरमा मनाउन लागिएको बिबिध सांस्कृतिक कार्यक्रम र कला प्रदर्शनीको प्रवेश निःशुल्क राखिएको छ साथै भोजन पनि निःशुल्क गरिएको कुरा कार्यक्रम आयोजकले बताएका छन। सहभागी कलाकारहरुलाई कार्यक्रमको अन्तिममा प्रमाणपत्र तथा पुरस्कार बितरण गर्ने योजना रहेको छ कमिटिको।

नेपाल, भारत, स्रिलंका, फिजी को बिशेष कला प्रदर्शनी रहनेछ। एडमन्टन स्थित सिर्डी साईबाबा मन्दिर भारतिय र नेपाली स्वमंसेबकहरुले चलाउदै आएका छन।

Facebook Comments