Fri. May 17th, 2024

नेकपा(समाजवादी)पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । भ्रष्टाचारमुक्त समाजको निर्माण, असमान सन्धि तथा सम्झौताहरुको खारेजी, युवाहरुको नेतृत्वमा सरकार सञ्चालन लगायतका मुद्धाहरु उठान गर्ने उद्दघोष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

राजु कार्की अध्यक्ष रहेको समाजवादी पार्टीले डेढ महिनाअघि दल दर्ताको लागि निवेदन दिएको थियो । कानूनत ४५ दिनको समयसीमा पूरा भएपछि नेपाल कम्युनिष्ट पार्टी समाजवादी (नेकपा समाजवादी) ले आज (मंगलबार) देखि औपचारिक रुपमा राजनीतिक दलको मान्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता मानबहादुर तामाङले जानकारी दिनुभयो । आयोगले सबै प्रक्रिया पूरा गरेपछि नेकपा समाजवादीलाई नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो ।

सो पार्टीको चुनाव चिन्ह कार रहनेछ । नेकपा समाजवादीको लक्ष्य देशको रक्षा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र लोक कल्याणकारी राज्य स्थापना लगायत रहेको प्रवक्ता तामाङले भ्वाईस अफ काठमाडौंलाई जानकारी दिनुभयो ।

Facebook Comments