Thu. May 16th, 2024

भूपेन्द्र पटेलद्वारा गुजरातको मुख्यमन्त्री पदको सपथ

काठमाडौं, २०७८ भदौ २८ गते सोमबार । भारतको गुजरात प्रदेशको मुख्यमन्त्रीमा भूपेन्द्र पटेलले सपथ लिनु भएको छ । पहिलो पटक विधायक बने लगत्तै पटेलले सोमबार गुजरात प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण गर्नुभएको हो ।

उहाँको यस राजनीतिक यात्रालाई महत्वका साथ हेरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पटेल गुजरातका १७ औं मुख्यमन्त्री हुनुहुन्छ । गुजरातस्थित राजभवनमा आयोजित एक भव्य समारोहमा राज्यपपाल आचार्य देवव्रतले उहाँलाई गुजराती भाषामा पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।

सो सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह लगायत अन्य नेताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments