Sat. Apr 20th, 2024

राष्ट्रपति सिको नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृखलाको १,४१४ किलोमिटर लम्बाईको सिमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शाताब्दियौं देखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्पmबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा भएपछि यी दुई देशबीचको सम्बन्धको प्रारम्भ भएको अनुमान गर्न सकिन्छ । बौद्ध शूत्रहरु कन्ठस्थ भन्न सक्ने बौद्ध धर्मको ज्ञान भएका अफगानिस्तानबाट दूतको रुपमा चीन गएका यि छुन्को चीनको राजदरवारका पण्डितका छोरा छिङ्लुसँग भेट भयो । यि छुन्बाट उनले बुद्धशुत्रहरु र लुम्बिनीको बारेमा आफुले थाहा पाएका कुराहरु समकक्षीहरुमाझ प्रचार गरे । यसरी चीनमा बुद्ध भगवानको जन्मको कथा थाहा भएपछि चिनीयाँ विद्वानहरुले बुद्ध र बौद्धधर्म प्रति चाख बढाउँदै लगे । उनीहरु बुद्ध धर्मको अध्ययन, अध्यापन तथा खोज अनुसन्धानमा लागे । बुद्धधर्म प्रति चिनीयाँहरुमा श्रद्धा बढ्दै गयो । यतिसम्म कि कुनै समय बुद्ध धर्म राज्यको राजधर्म समेत बन्यो ।

लेखक: लोकेन्द्र काफ्ले

नेपाल र चीन बीचको भ्रमणको सुरुवात महामञ्जुश्री चीनबाट नेपाल आएर काठमाण्डौ उपत्यकालाई बसोबासयोग्य बनाएर गरेको किम्बदन्ती पाईन्छ । यसैगरी बुद्धभद्रले चीनमा गएर बुद्धधर्मको अध्ययन ,अध्यापन र प्रचार प्रसार गरे । फा स्यान बुद्धको जन्मस्थान लुम्बिनी भ्रमण गर्ने पहिलो चिनीयाँ हुन । बुद्धभद्र र फा स्यान मिलेर धेरै बौद्ध ग्रन्थहरुको सम्पादन र चिनीयाँ भाषामा अनुवाद गर्ने कार्य गरेका थिए । बौद्धभिक्षुहरुबाट बुद्धधर्मको प्रचार प्रसार र अध्ययनको शिलसीलासँगै अघि बढेको नेपाल चीन सम्बन्धको पाटोलाई स्वान चाङ, भृकुटी, श्रङचङगम्पो, अरनीको आदिले झन दरिलो बनाएको कुरा इतिहासमा पढ्न पाइन्छ ।

प्राचिन समयमा पनि नेपाल र चीनका सरकारी स्तरमा केही भ्रमणहरु भएका इतिहासकारहरुले बताएका छन् । सन् ६४८ मा थाङ सम्राटले वाङ स्वाएन छु भन्ने जर्नेललाई दूतका रुपमा नेपाल पठाएका थिए । नेपालका राजा नरेन्द्रदेवले पनि वाङ स्वाएन छु को साथ लगाएर नेपाली दूत चीन पठाए । यी भ्रमणहरु एक अर्का देशका सम्राटहरुका तर्फबाट उपहारहरु आदान प्रदान भएका थिए । यसरी नेपाल र चीन बीच दूतहरु पठाएर भ्रमणको क्रम सुरु भएको पाइन्छ । नेपाल र चीन बीचको यो ऐतिहासिक सम्बन्धको धरोहर कहिल्यै टुटेको छैन् । सन् १९११ मा चीनमा गणतन्त्र स्थापना भएपछि पनि नेपाल र चीनको सम्बन्ध परम्परागत रुपमा नै अगाडि बढेको पाइन्छ । सन १९४६ मा चीनका तर्पmबाट चेन चुङलिङको नेतृत्वमा एउटा शिष्टाचार भ्रमण भयो । सन १९४७ मा नेपालको तर्फबाट जर्नेल कृष्णशमशेरको नेतृत्वमा शिष्टाचार भ्रमण भएको थियो ।

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना र नेपालमा प्रजातन्त्रको प्राप्ती भएपछि सन् १९५३ मा महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा युवा प्रतिनिधिमण्डलले चीन भ्रमण गरेको थियो । यो भ्रमणले नयाँ चीनसँग पनि नेपाल सौहाद्र्धपूर्ण रुपमा सम्बन्ध बढाइरहन इच्छुक रहेको सन्देश गएको थियो । सन् १९५४ मा चीनका प्रधानमन्त्री चौं अनलाईले चीन नेपालसँग समानस्तरमा दौत्य सम्बन्ध राख्न तत्पर छ भन्नु भएपछि नेपाल पनि उत्सुक भई शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आधारमा औपचारिक रुपमा वार्ता भई सन् १९५५ अगष्ट १ का दिन नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कुटनीतिक सम्बन्ध स्थापना पश्चात दुवै देश बीच मित्रवत सम्बन्ध कायम रहेको छ । चीनबाट नेपालले प्रसस्त सहयोगहरु पाइरहेको छ भने नेपाल पनि एक चीन नीतिमा दृढ रही सहयोगात्मक व्यवहार गरिरहेको छ । समग्रमा दुई छिमेकी देशका बीचमा अत्यन्त सुमधुर सम्बन्ध रहदै आएको छ । सरकार तथा राष्ट्रप्रमुखहरुका भ्रमणहरु भइरहेका छन् । जनस्तरमा थुप्रै संघ सस्थाहरु क्रियाशील रहेकाछन् । नेपाल र चीन बीचको सम्बन्धले अमरत्व पाउने कुरामा दुवै देशका सरकार र जनता विस्वस्त रहेका छन् ।

नेपालका तर्पmबाट प्रधानमन्त्रीहरु टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, गिरीजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली लगायत राष्ट्रप्रमुखको रुपमा तत्कालिन राजाहरु महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र तथा राष्ट्रपतिहरु रामबरण यादव र विद्यादेवी भण्डारीले चीनको भ्रमण गरिसक्नु भएको छ । यसैगरी जनगणतन्त्र चीको तर्पmबाट चौ अनलाई, दङ स्याओ फिङ, लि फङ, झु रोङ्ची, वन च्या पाओले नेपाल भ्रमण गनुृभएको छ ।

चीनका राष्ट्राध्यक्ष लि स्यान नानले सन १९८४ मा नेपालमा राजकीय भ्रमण गरी नेपाल भ्रमण गर्ने पहिलो चिनीयाँ राष्ट्राध्यक्ष बन्नुभयो । त्यसको १२ वर्ष पछि राष्ट्राध्यक्ष च्याङ चमिनले सन १९९६ मा नेपालको राजकीय भ्रमण गर्नुभयो । त्यस यताका २३ वर्षसम्म हाम्रो असल छिमेकी मुलुक जनगणतन्त्र चीनका राष्ट्राध्यक्षको भ्रमण नभइरहेको अवस्थामा वर्तमान रराष्ट्राध्यक्ष सि चिन फिङको नेपालमा राजकीय भ्रमण हुन लागिरहेको छ । यो नेपाल सरकार र आम नेपाली जनताका लागि खुशीको विषय रहेको छ ।

सि चिन फिङ चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका राष्ट्राध्यक्ष हुनुहुन्छ । उहाँ परिपक्व राजनीतिज्ञ र कुशल कुटनीतिज्ञ हुनुहुन्छ । उहाँ विद्वान हुनुका साथै सुयोग्य शासक पनि हुनुहुन्छ । बी आर आईका विचारक तथा प्रयोगकर्ता राष्ट्राध्यक्ष सि चिन फिङको यो अभियानले चीन सरकारको संलग्नतामा १५२ मुलुक र अन्तराष्ट्रिय संगठनहरुमा विश्वव्यापी विकास र लगानी राणनीति कार्यक्रमको सुरुवात गरेको छ । जसमा नेपालले १२ मई १९१७ मा हस्ताक्षर गरी सहभागिता जनाएको छ । यसबाट हाम्रो मुलुकले धेरै फाइदाहरु लिन सक्ने देखिन्छ ।

नेपालले एक चीन नीतिमा अडिग रहेको सनदेश दिन र वि आर आई बाट लाभ लिन यो उच्चस्तरिय भ्रमण फलदायी हुनेछ । विपतका वेला साथ दिने छिमेकीको स्वागतसँगै त्यसबाट उब्जने असंकाहरुलाई मेटाउन सरकार सफल बनोस् । विश्व शक्तिका एक महान हस्तीको स्वागतमा नेपाल सरकार र जनताको तर्फबाट कुनै कसर बाँकी नरहोस् ।

स्वागतम् चिनीयाँ राष्ट्राध्यक्ष महामहिम सि चिन फिङ !!

Facebook Comments