Fri. May 17th, 2024

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

काठमाण्डौं, २०७८ भदौं २१ गते सोमबार । संखुवासभाको मादी नगरपालिका-१, उम्लिङस्थित खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।

गएराती स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्या भएकाहरुको विभिन्न स्थानमा शव फेला परेको छ ।

मृतक ५८ वर्षका तेज बहादुरको शव घर नजिकै रोडको भित्तामा, उहाँकी आमा ८० वर्षकी पार्वतीको शव घरैमा, वर्ष ५६की श्रीमती मनमाया र वर्ष २८ की बुहारी रञ्जनाको शव खोला किनारमा, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को घर माथि खरबारीमा शव भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

तेजबहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएको बताइएको छ । घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगिसकेको छ । गोरखापत्र अनलाईन

Facebook Comments