Sat. May 18th, 2024

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दर्शक सहित हुने

काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल भोलि बिहीवार हुँदैछ । दशरथ रंगशालामा हुने खेल दर्शक सहितको हुनेछ ।

पाँच हजार १०० जना दर्शक राख्ने प्रस्ताव गरिएको एन्फाले जनाएको छ । दर्शकले कोरोनाविरुद्धको पूर्ण मात्रा डबल डोज लगाएको हुनुपर्नेछ । साथै पीसीआर​ परीक्षण गर्नुपर्ने एन्फाले जनाएको छ । रंगशालामै पीसीआर परीक्षणको व्यवस्था पनि भएको एन्फाको भनाइ छ । अर्को खेल भदौ २० मा हुनेछ ।

Facebook Comments