Sat. May 18th, 2024

पारा ओलम्पिकमा चिनियाँ खेलाडी लिउ छ्वीछीद्वारा नयाँ किर्तीमान

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । अगष्ट २८ तारिख बिहान टोकियो पारा ओलम्पिक खेलकूद महिला ४०० मिटर टी ११ स्तर (दृष्टिबिहिन) को फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी लिउ छ्वीछीले आफ्नो गाइड स्यु तुङलीनको सहयोगमा ५६.२५ सेकेण्ड रेकर्डमा च्याम्पिन्शिप प्राप्त गरेकी छिन् र पारा ओलम्पिक खेलकूदको नयाँ रेकर्ड सिर्जना गर्नुभएको छ ।

चिनियाँ प्रतिनिधि मण्डलले यस पटकको प्यारा ओलम्पिकमा पाएको यो २० सौं स्वर्ण पदक हो। पारा ओलम्पिक फिल्ड एण्ड ट्र्याक प्रतियोगितामा दृष्टिबिहिन खेलाडीले १० सेन्टिमिटर लामो तारले सहयोगीसँग जोड्छन्, दिशा छुट्याउनको लागि। लिउ भन्नुहुन्छ, ‘एक दिन म देख्न पाएँ भने देख्न चाहिने पहिलो चीज मेरो गाइडको अनुहार हो।’

१० वर्षको उमेरमा आँखाको रोग लागेकाले लिउ दृष्टिबिहिन हुनुभयो। सन् २०१३ मा १.८४ मिटर अग्ला स्यु तुङछिङ १.६५ मिटर अग्ली लिउको सहयोगी बन्नुभयो । हालसम्म उहाँहरुले सँगै अभ्यास गरेको ७ वर्ष पुगेको छ।

Facebook Comments