Mon. May 20th, 2024

अफगानिस्तानको विग्रदो अवस्थाबाट रुस, चीन र ईरानले फाईदा लिने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको भनाई

काठमाण्डौं, २०७८ भदौं ६ गते आईतबार । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानको विग्रदो अवस्थाबाट रुस, चीन र ईरानले फाईदा लिने बताउनु भएको छ । साथै ब्लेयरले अफगानिस्तनबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गर्नुभएको छ ।

उहाँले यसलाई गैह् जिम्मेवारी कदम भन्दै निन्दा गर्नुभयो । ब्लेयरले गठबन्धनका सेना फिर्ता जाने कदमले अफगानिस्तानस्थित जिहादी गुटहरुको हिम्मत बढ्ने पनि बताउनु भयो ।

ब्लेयरले भन्नुभयो, अफगानिस्तानको विग्रदो अवस्थाबाट रुस, चीन र ईरानले फाईदा लिनेछन् । उहाँले गठबन्धनका सेना फिर्ता हुने कदम असन्तोषजनक, खतरनाक र गैह्जिम्मेवार हो भन्नुभयो । २० वर्ष पहिले टोनी ब्लेयरले आफ्नो प्रधानमन्त्रीत्वकालमा अफगानिस्तानमा बेलायती सेना पठाउनु भएको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रंपले पनि काबुलबाट सेना फिर्ता गर्ने बाइडन प्रशासनकोे कडा आलोचना गर्नुभएको छ । तर बुझनै पर्ने कुरो के हो भने राष्ट्रपति डोनाल्ड ट्रंपले आफ्नै कार्यकालमा तालिबानसँग सम्झौता गर्दै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । बीबीसी

Facebook Comments